newskoseli.Com

सरकारले २ करोड वटा एलर्इडी बल्ब किनेर ग्राहकलार्इ बाँड्ने

सरकारले २ करोड थान एलर्इडी बल्ब खरिद गर्ने भएको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले करिव २ सय मेगावाट विद्युत् बचत गर्ने लक्ष्यका साथ एलर्इडी बल्ब खरिद गर्ने निर्णय गरेको हो । देशभर कम बिजुली खपत गर्ने एलर्इडी बल्ब वितरण गर्ने प्राधिकरणको योजना छ । त्यसका लागि नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा...बाँकी

नेपालमा पहिलोपटक पम्प स्टोरेज बिजुली : बेगनासको पानी रूपामा खसाल्दै, रूपाबाट फेरि बेगनासमा तान्दै

नेपालमा पहिलो पटक पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण प्रक्रिया सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले कास्कीको पोखरा लेखनाथ महानगरपालिमा पर्ने बेगनास र रुपा तालमा नेपालकै पहिलो पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण गर्ने योजना अगाडि सारेको हो । पम्प स्टोरेज आयोजनामा प्रयोग भएको पानी पुनः ब...बाँकी

सुरु भयो वन्यजन्तु सप्ताह

हिमाली क्षेत्रको जैविक विविधता संरक्षणमा जागरण ल्याउन शुक्रबारदेखि धुन्चेमा वन्यजन्तु सप्ताह कार्यक्रम सुरु भएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार निकुञ्ज क्षेत्रका वन–वनस्पति तथा वन्यजन्तु संरक्षणका लागि समुदायमा चेतना अभिवृद्धि गराउन लाकोस संस्था...बाँकी

नयाँ वर्षको उपलक्ष्यमा निःशुल्क एलर्इडी चिम बाँडियो

पोखरा लेखनाथ महानगरपालिका– २१ स्थित पार्दीखोला युवा क्लबले नव वर्ष– २०७४ का अवसरमा निःशुल्क एलर्इडी चिम वितरण गरेको छ । मुलुकले सुरु गरेको उज्यालो नेपाल अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले २५ हजार रूपैयाँका ९७ एलर्इडी चिम निःशुल्क वितरण गरिएको थियो । नेपाल विद्युत् प्राधिकरण, पोखराका इलोक्ट...बाँकी

३ दिनदेखि बिजुली छैन, कहाँ बिग्रियो– त्यो पनि थाहा छैन !

लोडसेडिङ मुक्त भएको नेपालको एक जिल्लामा तीन दिनदेखि गएको बिजुली अझै आएको छैन । खोटाङको दिक्तेल–गाईघाट ३३ केभी प्रसारण लाइनको तार चुडिँदा आइतबार साँझदेखि विद्युत् अवरुद्ध भएको हो । अवरुद्ध विद्युत् मर्मतका लागि प्राविधिक टोली खटाइसकिएको नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय दिक्तेलले जनाएको छ । आ...बाँकी

पावरहाउको कुलो भत्कँदा ७ सय ५० घर अन्धकारमा

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका अन्तर्गत गुदेलमा सञ्चालित बुदुमखोला लघु जलविद्युत आयोजनाको कुलो भत्किँदा त्यस आयोजनाका उपभाेक्ता रहेका ७ सय ५० भन्दा बढि घरधुरी एक सातादेखि अन्धकारमा परेका छन् । आयोजना उपभोक्ता समितिका अध्यक्ष सञ्चराम राईका अनुसार आयोजनाको करिव ३० मिटर कुलो भत्किँदा विद्युत् उत्प...बाँकी

रामनवमीको अवसरमा चन्द्रागिरिमा निःशुल्क कन्सर्ट

नयाँ पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्समा रामनवमीको अवसरमा चैत २३ गते निःशुल्क कन्सर्ट हुने कम्पनीले जनाएको छ । रामलीला शो, स्ट्याण्डअप कमेडीसहित शिव परियारको बेजोड प्रस्तुति रहने उक्त कार्यक्रमको समायोजन तथा व्यवस्थापन दिनेश डी.सी. प्रोडक्सनले गर्नेछ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यका...बाँकी

सर्वाधिक लोकप्रिय पर्यटन गन्तव्यको पुरस्कार

 सर्वाधिक लोकप्रिय पर्यटन गन्तव्यको पुरस्कार श्रीलङकाले जित्न सफल भएको श्रीलङ्काली विदेश मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा जनाएको छ । दक्षिणी चीनको गुआन्न्झोउ अन्तर्राष्ट्रिय यात्रा मेला (जिआइटिएफ)मा श्रीलङ्का सर्वाधिक लोकप्रिय गन्तव्यको रुपमा पुरस्कृत भएको जारी विज्ञप्तिमा जनाएको छ । म...बाँकी

एउटै कम्पनीले उत्पादन गर्‍यो १० खर्ब किलोवाट बिजुली !

जलविद्युत उत्पादनमा विश्वकै सबभन्दा विशाल र ख्यातिप्राप्त कम्पनी थ्री जर्जेजले स्थापनाकालको १४ वर्षमा दस खर्ब किलोवाट (वान ट्रिलियन किलोवाट आवर्स/केडब्लुएच) जलविद्युत उत्पादन गसिकेको जनाइएको छ । सन् १९९३ मा चीनमा स्थापना भएको चाइना थ्री जर्जेज् कर्पोरेसनले विश्वका विभिन्न मुलुकका जलविद्युत उत्पाद...बाँकी

भेरीखोला लघुजलविद्युत् अवरुद्ध : जाजरकोट–रुकुम अन्धकारमा

भगवती– ९ सिउनामा रहेको भेरीखोला लघुजलविद्युत् आयोजना कात्तिकदेखि अवरुद्ध हुँदा भगवती– ९ सिउना, जाजरकोट र रुकुमको गोतामकोट– ९ मन्का बगरका स्थानीयवासी अँध्यारोमा बस्न बाध्य भएका छन् । उक्त लघुजलविद्युत् आयोजनाको जेनरेटरमा आएको खराबीका कारण ग्रामीण बस्ती अन्धकार भएका हुन् । १५ किलोवाट विद्युत् उत्पा...बाँकी